प्रदेश ५ को राजधानी ‘देउखुरी’ र नाम ‘लुम्बिनी’

527
views

बुटवल, २०, असोज । प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको भालुवाङ बजार र राजधानीको नाम लुम्बिनी राख्ने विषयमा दुई तिहाई बहुमतले पारित गरेको छ ।

मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको हो । प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ ।

प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए । त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार मत परेको छ ।

राजधानी कायम गर्न ८७ सांसदमध्ये ५८ जना भए मात्रै पुग्छ। प्रदेशसभामा उपस्थित ८३ सांसदमध्ये १३ जनाले मात्रै विपक्षमा मत दिए । जनमोर्चाले मत दिएको छैन् । नेपाली कांग्रेसका लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले विपक्षमा मतदान गरे। पार्टीको ह्वीप उलंघन गर्दै राप्ती पारिका चार सांसदले पक्षमा मत दिएका हुन् ।

समाजवादी पार्टीले राजधानीको पक्षमा मत दिएको छ । प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावसमेत पारित भएको छ । लुम्बिनीको पक्षमा ७९ मत परेको छ । विपक्षमा ४ मत मात्रै परेको छ ।

जनता समाजवादी पार्टीले अवध–थारुवान–मतरात नामको पक्षमा मत दिने गरी संशोधन दर्ता गराए पनि लुम्बिनी क्षेत्रका दुई सांसदले लुम्बिनी नाममा मत दिएका हुन् ।