नेकपा सचिवालय बैठक सकियो, पार्टी एकताको बाँकी काम पुरा गर्ने विषयमा छलफल

513
views

काठमाडौं, २० असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा पार्टी एकताको बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘संगठनात्मक कार्ययोजनाको प्रस्तावबारे यसअघिको सचिवालयको बैठकमा निर्धारित एजेण्डाबारे आज छलफल भयो, यी लगायत संवैधानिक नियुक्तीको विषय र अन्य विषयमा सामान्य छलफल भयो । छिट्टै अध्यक्ष कमरेडले अरु सबै एजेण्डालाई निश्कर्षमा पुर्याउनुहुनेछ ।’

बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे विषयले प्रवेश नपाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठले भने, ‘आजको बैठकमा मन्त्रिमण्डल पूनर्गठनबारे कुनै छलफल भएन । प्रधानमन्त्रीले यसबारेमा कुनै जानकारी गराउनुभएन ।’