चापाकोटमा रेबिज विरुद्धको खोप लगाउने कार्यक्रम सम्पन्न

772
views

पोखरा, २०, असोज । हिमालयन एनिमल रेस्क्यु ट्रस्ट ९हार्ट नेपाल०को आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर २३ चापाकोटमा रहेका सडक सामुदायिक एवं घर पालुवा कुकुर बिरालोलाई रेबिज विरुद्धको खोप लगाइएको छ । विश्व पशु दिवस अवसर पारेर हार्ट नेपालले निशुल्क रेबिज विरुद्धको खोप लगाएको हो ।

सो अवसरमा ४५ कुकुर बिरालोलाई खोप लगाइएको हार्ट नेपालले जनाएको छ । चापाकोटमा विगत ५ वर्षदेखि हार्टले हरेक वर्ष यसरी नै कुकुर बिरालोलाई रेबिज विरुद्धको खोप लगाउदै आएको छ । यसका साथै हार्टले पोखराभरि नै बिगत १० वर्ष देखि रेबिज बिरुद्धको अभियान चलाउदै आएको छ । यसरी खोप लगाउने क्रममा भेटिएका केटि कुकुरहरुलाइ बन्ध्याकरण पनि गरिने गरेको हार्ट नेपालले जनाएको छ ।

हरेक वर्ष अक्टोबर ४ को दिनमा विश्व भरी नै विभिन्न कार्यक्रमको आयोजना गरेर पशु दिवस मनाइने गरिन्छ ।

सोही अवसरमा हरेक वर्ष नेचरवाच फाउन्डेसनले पशु सेवामा लागि परेका र अमुल्य योगदान पु¥याउन सफल संस्थाहरुलाई विशेष अनुदानको व्यवस्था गर्ने गरेको छ । यस वर्षको विश्व पशु दिवसको अनुदान भने एनिमल रेस्क्यु ट्रस्ट ९हार्ट नेपाल० ले प्राप्त गर्न सफल भएको छ ।

हार्टका संचालक खगेश्वर शर्मा बिगत १५ बर्ष देखि विश्व पशु दिवसमा नेपालको प्रतिनिधित्व गर्दै आउनु भएको छ भने उक्त सहयोगलाइ सडक सामुदायिक कुकुरहरुको बन्ध्याकरणको कार्यमा प्रयोग गरिने शर्माले बताउनुभएको छ ।