गौवध मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

616
views

पर्वत, २०, असोज । सात बर्षअघि गाई काटेको मुद्दाको फैसलाले दोषी ठहर भएका विहादी गाउँपालिका–३ का विकास परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ ।

परियाारलाई पर्वत जिल्ला अदालत र पुनरावेदन अदालत बाग्लुङले समेत ६ बर्ष कैदको फैसला ठहर भएका परियारले दण्ड, जरिवाना, कैद ठेकिई भुक्तान नगरी फरार भएका थिए ।

परियारलाई गौ बध मुद्दामा ०७० भदौ १७ गतेको पुनरावेदन अदालत बागलुङको फैसलाले ६ बर्ष कैद सुनाएको थियो ।

३८ वर्षका परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतको प्रहरी टोलीले घरमा नै लुकीछिपी बसिरहेको सूचनाका आधारमा पक्राउ गरी आजै पर्वत जिल्ला अदालतमा बुझाईएको र आजै जिल्ला कारागार पर्वत चलान भएको प्रहरी निरीक्षक एवं सूचना अधिकृत मनिष श्रेष्ठले जानकारी दिए ।