चितवनमा थप दुई कोरोना संक्रमितको मृत्यु

658
views

चितवन, २१, असोज । चितवनमा मंगलबार साँझ थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर–१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो ।

यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।

मंगलबार साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका–९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ। असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए ।

श्वासप्रश्वासमा समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको हो। मंगलबार साँझ ७ बजे उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।