फलेवासका बाढी–पहिरो पीडितलाई जस्तापाता

322
views

पर्वत, २१, असोज । फलेवास नगरपालिकाले बाढी–पहिरो पीडितलाई जस्तापाता वितरण गरेको छ । भदौको अन्तिम साता परेको बर्षाका कारण क्षति पुगेका जोखिमयुक्त फलेवास नगरपालिका–६ देविस्थानका ११ घरपरिवारलाई जस्तापाता उपलब्ध गराएको हो ।

बाढी पहिरोको जोखिम तथा घर कटेरा भत्केका अतिविपन्न परिवारलाई जस्तापाता वितरण गरेको फलेवास नगरपालिका–६ देविस्थानका वडा अध्यक्ष भोलानाथ भुषालले बताए ।

बाडी पहिरो पीडित किरण श्रेष्ठ, खगराज शर्मा, योगप्रसाद भुसााल,नेत्र प्रसाद पाध्या, दुर्गीकुमारी पौडेल, ध्रुवप्रसाद श्रेष्ठ, टुल्कीकुमारी पंगाली, यामवहादुर थापा, प्रकाश चापागार्ई, अर्जुन नेपाली र मिठे नेपालीलाई जस्तापाता उपलब्ध गराइएको हो ।

जस्तापाता वितरण कार्यक्रममा फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले स्थानीय सरकार स्थानीयकै दुःख पीडामा रहेको उल्लेख गरे । उनले भने ‘दैवी प्रकोपका कारण सर्वसाधारणमा पुगेको क्षतिप्रति नगरपालिका दुःख व्यक्त गर्दछ, साथै प्राकृतिक विपद जतिबेला पनि आउने भएकाले सजग र सचेत रहन भने जरुरी छ ।’