नमुना मावि चामुण्डा: आऊ, पढ, कमाएर जाऊ

1646
views

जितेन्द्र थापा
दैलेख । यहाँको एक विद्यालयले विद्यार्थीलाई शिक्षा दिने मात्र काम नगरी पढाईसँगै आर्थिक आम्दानीमा दक्ष बनाउँदै गएको छ । दैलेखको चामुण्डा बिन्द्रासैनि नगरपालिका वडा न ३ हाडाकोटमा रहेको विद्यालयले कुनैपनि विद्यार्थीलाई आऊ, पढ र कमाएर जाऊ भन्ने उदेश्य राखेर विद्यार्थीलाई आर्थिक आम्दानीमा समेत सफल बनाउँदै आएको छ ।

सो विद्यालयको उद्देश्यका एक उदाहरणीय विद्यार्थी हुन् बाजुरा बडिमालिका नगरपालिका–९ चौराटाबाट दैलेखको सोही विद्यालयमा अध्ययन गर्न आएका सागर बिष्ट । तीनबर्षे आईएसएजिमा भर्ना भएका विष्ट दोस्रो बर्षको अध्ययनमा छन् । विषयगत शिक्षा अनुसार विष्टले प्रयोगात्मक रुपमा अध्यापन गर्न पाउँदा उनले कृषि सम्बन्धीको ज्ञानसँगै उत्पादित तरकारी, फलफुल लगायतबाट आमदानी समेत गर्दै आएका छन् ।

बाजुराबाट चामुण्डामा आएर पढ्न थालेपछि कृषिसंबंधित धेरै कुरा सिकेको र विद्यालयमा भएको कृषि उत्पादनबाट आँफुलाई आम्दानी समेत भएको विष्टको भनाई छ ।

पहिलो आम्दानी ज्ञान, ज्ञानसँगै कृषि उत्पादनमा अनुभव बटुलेका उनले स्वदेशमै आम्दानीमा रमाउन सकिने कुरामा आँफु ढुक्क रहेको सुनाए । विद्यालयको किताबमा अध्ययन गरिएको कुरा प्रयोगात्मक रुपमै गर्नुपर्दछ, उनले भने यो प्रयोग पढाइईपछिको जीवनको बहुमुल्य सम्पत्ती हो ।’

विद्यालयले किताबी अक्षरलाई प्रयोगात्मक रुपमा उतार्दै विद्यार्थीलाई स्वरोजागारमुखी बनाउन उद्दत भएको भू.पू. प्रधानाध्यापक जयप्रसाद तिमिल्सिनाको भनाई छ । नमुना मावि नमुनाकै रुपमा स्थापित भएको छ, तिमिल्सिनाले भने ‘विद्यार्थीलाई बोझ होईन व्यवहारिक शिक्षामा विस्वस्त बनाउने खालको शिक्षा प्रणाली नै आवश्यक छ ।’

विद्यालयमा रैथाने बाली संरक्षण

यस विद्यालयले लोप हुदै गएको रैथाने बाली कोदो संरक्षणमा विशेष जोड दिएको छ । जोदो संरक्षणमा सागर विष्टको पनि योगदान रहेको छ । पौष्टिक आहारका साथै विभिन्न परिकार र औषधिका रुपमा प्रयोग हुने कोदो, फापर, जौ, घैया धान, गहुँ बालीको बीऊ संरक्षणमा समेत विद्यालयले जोड दिएको भू.पू.प्रधानाध्यापक तिमिल्सिनाको भनाई छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लोप हुँदै गएको बाली कसरी आधुनिक तवरबाट गर्ने र कृषकलाई लोपोन्मुख बालीमा कसरी फर्काउने भन्ने विषयमा प्राक्टिकल गराउँँदै आएको १८ महिने बाल विज्ञान समुहका प्रशिक्षक रमेश केसीको भनाई छ ।

उन्नत र आधुनिक तरिकाबाट धानखेती
नमुना मावि चामुण्डाले १८ महिने कृषि बाली विज्ञान समुह र आईएसएजिका विद्यार्थीहरुलाइ प्राक्टिकलको लागि ५५ रोपनी जग्गामा उन्नत जातको धानखेती गरेको छ । सो सँगै फलप्गुल खेती, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा जुनार, सुन्तला, कागती, बेलौति लगायतका खेती समेत गरेको छ ।

गड्यौले मलको संरचना
नेपालमा रासायनिक मलको प्रयोगले माटोको सरचनालाई विगारिहरको समयमा विद्यालयले गड्यौले मल उत्पादन र प्रयोग गरी उत्पादन क्षमतामा वृद्धि गरेको छ ।

रासायनिक मलको सट्टा गड्यौला उतपादन गरी बनाएको मलको प्रयोग गरी खेतबारीको उर्वरा शक्ति बढाउनका लागि नमुना मावि चामुण्डामा अध्ययनरत विद्यार्थीलाई गड्यौला मलको प्रयोगमा उद्धत गराउँदै आएको छ ।