सोती घटना मानवता बिरुद्वको अपराध : काँग्रेस नेता शाहा

1808
views

सुर्खेत । नेपाली काँग्रेसका प्रभावशाली नेता राजिवबिक्रम शाहाले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटना मानवता विरुद्धको अपराध भएको बताएका छन् ।

सोतीमा भएको नवराज विकसहित ६ जनाको ज्यान जाने घटना सोच्नसमेत नसकिने घटना भएको भन्दै शाहले ै पीडितलाई न्याय दिन र अपराधीलाई कानुनी सजाय दिनुपर्ने बताए ।

प्रजातान्त्रिक महासंघ नेपाल कर्णाली प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शाहाले पीडित परिवार न्यायका लागि भौतारिरहेको बताउँदै ‘पीडकलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे ।

पीडक भनिएकालाई पछिल्लो समय धरौटीमा छोड्ने चलन स्थापित हुँदै गएको भन्दै उनले ‘घटनामा संलग्न भनिएकालाई धरौटीमा छोड्ने नजिर बसाउँदा पीडकले चलखेल गर्ने ठूलो मौका पाउने र पीडित न्यायबाट वञ्चित हुने बताए ।