स्थापनाकालको ४६ वर्षपछि वार्षिकोत्सव

594
views

पर्वत, ५, पर्वत । यहाँको एक विद्यालयले ४६ बर्षपछि बार्षिक उत्सव मनाएको छ । २०२८ सालको असार ४ गते स्थापना भएको फलेवास नगरपालिका ३ को श्री जन सहयोगी माद्यमिक विद्यालयले ४६ बर्षपछि बार्षिक उत्सव मनाएको हो । विगतमा आर्थिक अवस्था कम्जोर भएको उक्त विद्यालयले बार्षिक उत्सव मनाउन सकेको थिएन् ।
प्रावि तहबाट स्तर वृद्धि गराउँदै मावि तहसम्म सञ्चालनमा ल्याउन सफल उक्त विद्यालयले आर्थिक अभाव तथा भोतिक संरचनाको अभाव झेल्नुपर्दा पनि पढाईलाई उत्कृष्ठ बनाउँदै आएको उक्त विद्यालयले ४६ बर्षगाँठ मनाएको हो । अहिले स्थानीयको आर्थिक सहयोगमा बार्षिक उत्सव मनाएको हो । प्रावि तहका दर्बन्दी मार्फत मावि तह सञ्चालनमा ल्याएको विद्यालयले स्थानीयको सहयोगमा निजी शिक्षकहरु मार्फत शिक्षा प्रदान गर्दै आईरहेको छ ।
स्थानीयको श्रमदान तथा जग्गा दान र विभिन्न दर्जन अक्षय कोष मार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको विद्यालयले यो वर्षदेखी निरन्तर वार्षिकोत्सव गरिने जनाएको छ । वार्षिकोत्सवको उद्धघाटन गर्दै जिल्ला शिक्षा कार्यालय पर्वतका शाखा अधिकृत राजेन्द्र क्षेत्रीले स्थापनाका दशकौसम्म सरकारी नजरमा नपरेको विद्यालयले केही वर्षदेखी शिक्षामा सुधार गरेका कारण जिल्ल्लामा राम्रो पहिचान बनाउन लागेको बताउनुभयो । क्षेत्रीले स्थानीय समुदायले शिक्षाको महत्व बुझेर विद्यालय प्रति गरेको सहयोगमा आगामी दिनमा शिक्षक र विद्यालयका गतिविधिमा पनि अभिभावकहरुले चासो देखाउनु पर्ने आवश्यक औल्याउनु भयो ।
स्थापना काल देखी नै विभिन्न आर्थिक अभाव झेल्दै आउनु परेका कारण विद्यालयले अभिभावक र विद्यार्थीका विचमात्र वार्षिकोत्सव मनाउँदै आएको थियो । यसवर्ष अभिभावकको चाहाना अनुसार नियामक निकायको सहभागितामा वर्षिकोत्सव मनाउने जमर्को गरेको विद्यालयका प्रधानाध्यापक गणेश बहादुर थापाले बताउनुभयो । थापाले स्थानीय आमा समुहद्धारा संकलित रमकको व्याज साँवाले विद्यालय सञ्चालन गर्दै आएको समेत जानकारी दिनुभयो ।
वार्षिकोत्सवमा विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने दर्जन भन्दा बढी अभिभावकहरुलाई दोसल्ला ओडाएर सम्मान गरीएको थियो ।
वार्षिकोत्सवमा सहभागी श्रोतव्यक्ति भरत लम्सालले आगामी दिनमा जिल्ला शिक्षा कार्यालय तथा स्थानीय निकाय मार्फत सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अर्जुनबहादुर कार्कीले विद्यालयको लागि हरेक क्षेत्रबाट सहयोगको आवश्यकता रहेको र उक्त सहयोग समुदायसँगै नेपाल सरकारले गर्नुपर्ने बताउनुभयो ।
कार्कीले कठिन आर्थिक परिस्थितिबाट पनि विद्यालय सञ्चालन गर्नुपर्दा समेत विद्यालयको भौतिक संरचना, पठनपाठनमा आएको सुधारका प्रति सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । वार्षिकोत्वसमा अभिभावको तर्फ देखी शिव अधिकारी, शिक्षक गुमा जिसी लगायतले मन्तव्य दिनुभएको थियो ।