हुलाक सेवा निर्देशनालयमा प्रथम सेवाग्राही सम्मानित

705
views

पोखरा, २३, असोज । आज हुलाक दिवस । हुलाक सेवा निर्देशनालय पोखराले प्रथम सेवाग्राहीलाइ कार्यालय परिसरमा स्वागत गरेको छ । १३४ औ विश्व हुलाक दिवस तथा ५१ औ नेपाल हुलाक दिवसको अवसरमा मिलन दुलाललाइ निर्देशनालयका प्रमुख किर्तनराज पौडेलले स्वागत गर्नु भएको हो ।

दुलाल सेवाग्राहीको रुपमा हुलाक टिकट खरिद गर्नका लागी ठिक १० बजे कार्यलय परिसरमा प्रवेश गर्नु भएको थियो । सोहि अवसरमा उहाँलाई पहिलो सेवाग्राहीको रुपमा सम्मान गरिएको प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यसैगरी कार्यालयले सोही अवसर पारेर कार्यालय सरसफाइ तथा वृक्षारोपण समेत गरेको छ । कोभिड–१९ का कारण अन्य कार्यक्रमहरु गर्न नपाएको बताउदै प्रमुख पौडेलले हुलाक परिसरलाई फुलवारीको रुपमा विकास गर्न धुपी लगायतका १०० वटा विरुवा रोपिएको बताउनुभयो । परिसरभित्र सम्पुर्ण कर्माचारीको सहयोगमा सरसरफाइ पनि गरिएको पौडेलले जानकारी दिनुभयो ।