शान्ति पत्रकारिता पुरस्कार–लौडारीलाई

530
views

पोखरा, २३ असोज । नेपाल प्रेस युनियन कास्कीले शान्ति पत्रकारिता पुरस्कार – २०७७ पोखराका युवा पत्रकार हिमनीधि लौडारीलाई प्रदान गर्ने भएको छ ।

पोखरा ११ निवासी समाजसेवी, व्यवसायी भोला बरालले आफ्ना पिता÷माता पूर्णप्रसाद÷मायादेवी बरालको स्मृतिमा स्थापना गरेको पुरस्कारको राशी नगद २५ हजारसहित दोसल्ला र सम्मानपत्र रहेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

नेपाल प्रेस युनियन कास्कीका सल्लाहकार रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष पत्रकार लौडारीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

यसवर्ष युनियनले सूप्रेम शारदा स्मृति पत्रकारिता पुरस्कार र प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कार पनि वितरण गर्नका लागि छनोट समिति गठन गरिसकेको छ ।