कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

426
views

काठमाडौं, २३, असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण हुनेको संख्या एक लाख ६ सय ७६ पुगेको छ । जनामा । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा एक लाख ६ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ । आइसोलेसनमा ११ हजार १ सय ७६ जना र होम आइसोलेसनमा १५ हजार ८ सय ७७ जना छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।