प्रदेश नं २ को चुनावसँग जेलिएको विदेशी गेमप्लान

619
views

राजपाको आवरणमा राखिएको इण्डियन ग्याङले लैनचौरबाट तय गरिएका मुद्दाहरुमा संविधानको संशोधन नहुँदासम्म कुनै पनि चरणको चुनावमा भाग नलिने घोषणा गर्दागर्दै २ नं. प्रदेशको चुनाव सारिएको छ । चुनाव सार्न आफूसँग कुनै प्रकारको सहमति नभएको भनेर राजपाले त्यसले खण्डन पनि गरिसकेको छ तर कांग्रेस­एमाओवादीले चुनाव सार्ने भनेर सहमति भएको दाबी गरिरहेका छन् । यी परस्पर विपरित दाबीहरु नै तेस्रो चरणको चुनावसँग विदेशी षडयन्त्र जोडिएको छ र एकले अर्कोलाई दोषारोपण गरेजस्तो गरेर विदेशी योजना कार्यान्वयन गर्ने कपटपूर्ण जालसाजीमा दुबै पक्ष लागेका छन् भन्ने तथ्यका बलिया प्रमाणहरु हुन् ।

चुनाव प्रकरणसँग जोडिएको दोस्रो महत्वपूर्ण पक्ष के रहेको छ भने दुबै पक्षले जनमतलाई किनारामा राखे । जनता चुनाव सार्ने वा राजनीतिक आवरणमा सधैभरी वितण्डा मचाउने पक्षमा छैनन् भन्ने कुरा तिनीहरुलाई थाहा छ । तिनीहरुले जनताको सुझाव लिएर चुनाव सार्ने वा बहिष्कार गर्ने निर्णय पनि गरेका होईनन् । एउटाले अर्कालाई केन्द्र बनाएर षडयन्त्रको खेल खेल्ने जुन प्रक्रिया अघि बढाएका छन्, यसको कारण हो­ दुबै पक्ष उही साम्राज्यवादी सेन्टरबाट परिचालित हुनु । राजनीतिलाई एउटै शक्तिकेन्द्रका दलालहरुको सेरोफेरोमा बाँधिराख्दा त्यसको पहलकदमी, नेतृत्व र निर्धा्रित दिशा अन्यत्र जाँदैन भन्ने तिनीहरुको सोच हो ।

जनतालाई आफ्नो रक्षाकबचका रुपमा उपयोग गरेर सत्ता दलालहरुले २ नं. प्रदेशको चुनाव सार्नुका पछाडि केहि ठोस कारणहरु छन्, जो ०६२ साल मंसिर ७ गते दिल्लीले गराएको १२ बुँदे समझदारीसँग सम्बन्धित रणनीतिका अभिन्न अङ्गहरु हुन् । यसमा इण्डियन, अमेरिकन, यूरोपियन साम्राज्यवादीहरुका केही साझा रणनीतिहरु र ती शक्तिहरु लगायत यहाँका दलालहरुका केहि निजी स्वार्थहरु एक अर्कामा जेलिएका छन् । २ नं. प्रदेशको चुनावलाई सरल रेखामा देखिने बनीबनाउ सूत्रका रुपमा हेर्न हुँदैन, धेरै स्वार्थहरु जेलिएको जालोभित्र कुनै समयमा प्रधान भूमिका खेल्ने तत्व कुन हो भन्ने कुराको सबै भन्दा बढी महत्व हुन्छ ।

‘जनतालाई आफ्नो रक्षाकबचका रुपमा उपयोग गरेर सत्ता दलालहरुले २ नं. प्रदेशको चुनाव सार्नुका पछाडि केहि ठोस कारणहरु छन्, जो ०६२ साल मंसिर ७ गते दिल्लीले गराएको १२ बुँदे समझदारीसँग सम्बन्धित रणनीतिका अभिन्न अङ्गहरु हुन् । यसमा इण्डियन, अमेरिकन, यूरोपियन साम्राज्यवादीहरुका केही साझा रणनीतिहरु र ती शक्तिहरु लगायत यहाँका दलालहरुका केहि निजी स्वार्थहरु एक अर्कामा जेलिएका छन् । २ नं. प्रदेशको चुनावलाई सरल रेखामा देखिने बनीबनाउ सूत्रका रुपमा हेर्न हुँदैन, धेरै स्वार्थहरु जेलिएको जालोभित्र कुनै समयमा प्रधान भूमिका खेल्ने तत्व कुन हो भन्ने कुराको सबै भन्दा बढी महत्व हुन्छ ।’

२ नं. प्रदेशको चुनाव सारिनुको घटनालाई नेतृत्व गर्ने मूख्य फ्याक्टर हो­ नेपाललाई बहु­राष्ट्रका रुपमा स्थापित गर्न चाहने साम्राज्यवादी योजना । यसमा पूरै इण्डो­पश्चिमी ब्लकको समान मत रहेको छ । जातीयतालाई आधार बनाएर राज्यहरु बनाउने पश्चिमाहरुको डिजाईन र भू­बनोटलाई आधार बनाएर राज्यहरु गठन गर्ने इण्डियनहरुका बीचको फरक सोचको डिजाईनको चक्रब्युहमा तराईको मुद्दामा इण्डियनहरु र पश्चिमाहरुको सहकार्य बन्न सक्नुको एकमात्र कारण पूर्वी नेपालका ८ जिल्लालाई इण्डियनहरुको भू­संरचनावादी कोणबाट र पश्चिमाहरुको जातीयताको कोणबाट पनि अपव्याख्या गर्न सकिने धरातल मौजुद हुनु हो ।

२ नं. प्रदेशको चुनाव स्थगनको प्रश्न सो प्रदेशको ‘स्वतन्त्र अस्तित्व’को साम्राज्यवादी मान्यतासँग पनि जोडिएको छ । तिनीहरुले उक्त क्षेत्रलाई विवादित बनाएर ‘बहु­राष्ट्र’को अगुवाई गर्ने मोडेलका रुपमा स्थापित गर्ने प्रयास गरिरहेका छन् । नेपाल विरुद्ध जनजाति समुदायलाई अपेक्षा गरे अनुरुप प्रयोग गर्न संभव नदेखेपछि पश्चिमी साम्राज्यवादीहरुले इण्डियन कभरमा लुकाएर आफूलाई अघि बढाएका छन् । २ नं. को कथित समस्या सुल्झन नदिएर त्यसलाई श्रीलंकाको जाफ्ना प्रायद्विपमा गरिए जस्तो गरेर स्थायी विद्रोहको नमूनाका रुपमा खडा गर्ने योजना रहेको छ । २ नं. प्रदेशको चुनाव सार्न लगाउनुको दोस्रो कारण हो यो ।
तेस्रो कारण रहेको छ­ तराईबाट थारु समुदायको नेतृत्वदायी भूमिकालाई समाप्त गरेर दोहोरो नागरिकताधारी इण्यिनहरुको नेतृत्वमा आउन बाध्य पार्ने रणनीति । यसका लागि इण्डिनहरुले कैलाली घटनाको आयोजना गरे । सत्तामा बसेका दलालहरु तथा बिहारीहरुलाई दुई भिन्न कोणबाट प्रयोग गरेर सो समुदायमाथि दमन गर्न लगाए र संगठित हुँदै गएको थारु समुदायको नेतृत्वलाई छिन्नभिन्न पारेर पूर्वी तराईमा बिहारीहरुलाई उठाउन केन्द्रित भए । बाहिर थारु समुदायप्रति सहानुभूतिको नाटक देखाएर दोस्रो चुनावबाट कपिलवस्तु, रुपन्देही र नवलपरासीलाई मात्र अलग राख्न बिहारी मोर्चाले राखेको सर्तले यो तथ्य उजागर हुन्छ ।

थारु समुदाय इण्डियन रणनीतिका लागि तराईको सबैभन्दा ठूलो बाधा हो भन्ने कुरा दिल्ली, बिहारीहरु र सत्ता दलालहरु सबैलाई थाहा छ । त्यसैले, यिनीहरुले थारु समुदायलाई उपयोग गर्ने रणनीति अन्तर्गत दिल्लीको हातमा रहेको रेशम चौधरीलाई पुष्पकमल दाहालसँग भेटाएर अहिले ‘क्षतिपूर्ति’ दिन लगाए तर कैलाली घटनामा शिकार बनाईएका थारु समुदायका अन्य कसैलाई वास्ता गरेनन् । यो नेतृत्व गर्नसक्ने एकाध दलालहरुलाई किन्ने र सर्वसाधारणलाई शिकार बनाएर उनीहरुको पीडा र असन्तुष्टिलाई उपयोग गरिरहने अपराधीहरुको रणनीति हो । रेशम चौधरीको ‘क्षतिपूर्ति’ यसै रणनीतिको अभिन्न अङ्ग हो ।
सत्ता दलालहरुलाई प्रयोग गरेर २ नं. प्रदेशमा चुनाव सार्न लगाउनुका पछाडि इण्डियनहरुको अर्को स्वार्थ वार्गे्निङको कुनियतसँग जोडिएको छ । तात्कालिक रुपमा संविधान संशोधन मार्फत् इण्डियनहरुलाई नागरिकता दिन सकिने प्रावधान अरु खुकुलो बनाउने, अंगीकृत नागरिकता लिने इण्डियनहरुलाई बंशज नागरिकहरु सरह अधिकार स्थापित गर्ने, हिन्दी भाषालाई नेपालको सरकारी कामबकाजी भाषा बनाउने, जलस्रोत कब्जा गर्ने, परराष्ट्र र सुरक्षा नीति आफ्नो हातमा लैजाने, चीन र पाकिस्तानसँगको सम्बन्ध विस्तार हुन नदिने जस्ता मुद्दाहरुमा वार्गे्निङ गर्न दिल्लीले बिहारी मोर्चाको कथित समस्या अघि सार्ने गरेको छ ।

‘बहु­राष्ट्र’को षडयन्त्रमा इण्डियनहरुसँग समान मत बनाएर अगाडि बढेको भएता पनि पश्चिमी साम्राज्यवादीहरुले आफ्नो बेग्लै रणनीतिक उद्देश्य प्राप्तिका लागि इण्डियनहरुलाई उपयोग गरिरहेका छन् र चुनावकै विषयमा पनि दोहोरो भूमिका खेलिरहेका छन् । इण्डियनहरुसँग मिसिएर काम गर्नुको कारण ती शक्तिहरु नेपालबाट धेरै टाढा हुनु हो । इण्डियालाई माध्यम बनाइकन भू­परिवेष्ठित नेपालमा प्रवेश गर्न र सिमाना जोडिएको चीनका विरुद्धमा षढयन्त्र गर्न असंभव जस्तै भएको हुनाले पश्चिमाहरुले इण्डियासँग रणनीतिक साझेदारी गर्नुपरेको अवस्था छ । चीनसँग प्रतिस्पर्धा गर्न इण्डियालाई पनि यस्तै समस्या छ ।

चुनावको मुद्दामा पश्चिमाहरुको दोहोरो भूमिका तिनीहरुको प्रभाव विस्तार गर्ने नीतिको अङ्ग हो । चुनाव मार्फत् जनमतमा पनि पस्ने र सीके राउतलाई इण्डियन मोर्चासँग निकट बनाएर इण्डियन वृत्तभित्र आफ्नो पकड बलियो पनि बनाउँदै जाने चाल पश्चिमाहरुले चलेका छन् । तिनको यो रणनीति तामिलहरुको प्रसंगसँग हुबहु मिलेको देखिन्छ । तामिलहरुलाई श्रीलंका विरुद्ध इण्डियाले संगठित गर्यो तर त्यसभित्र घुसेर पश्चिमाहरुले तामिल आन्दोलनलाई इण्डिया र श्रीलंका दुबैका विरुद्धमा प्रयोग गर्न सफल भएका थिए । पछाडि चीनको अघोषित मद्दतबाट मात्र श्रीलंका तामिल समस्याबाट मुक्त भएको थियो ।
सत्ता दलालहरु यो डिजाईनमा जानिबुझिकनै सामेल भएका छन् । यिनीहरुको आफ्नो निजी राजनीति भनेको साम्राज्यवादी शक्तिहरुको दलाली गरेर कुर्सी हत्याउनु र नेपाल लुट्नु बाहेक अरु केही उद्धेश्य छैन । यसमा थपिएको अर्को स्वार्थ भनेको यिनै साम्राज्यवादीहरुको डिजाईनमा १७ हजार नेपालीहरुको हत्या गरेर त्यसबेलाका संगीन अपराधहरुबाट जोगिनका लागि नेपालको अस्तित्व नामेट पारेर भए पनि साम्राज्यवादीहरुको निकृष्ट दर्जाको गुलामी गर्नु हो । विदेशीहरुले शेरबहादुर­पुष्पकमललाई आफैले गराउन लगाएका अमानवीय अपराधहरु समातेर २ नं. प्रदेशको रणनीति लागू गरेको तथ्यमा कुनै शंका गर्नु आवश्यक छैन ।