फलेवास नगरपालिकामा ‘श्रमिक कल्याणकारी कोष’ स्थापना

1706
views

काठमाडौं, २५, असोज । फलेवास नगरपालिकाले गरिब तथा विपन्नलक्षित कार्यक्रमलाई अगाडी बढाएको छ । नगरपालिकाले २५ बर्षदेखि ६० बर्षसम्मका श्रमिकको लागि श्रमिक कल्याणकारी कोष स्थापनाको प्रक्रियालाई अगाडी बढाएको छ ।

नगरपालिकाको अघिल्लो आवको नगरसभाले पारीत गरेको ऐन र कार्यपालिकाले बनाएको कार्यविधि अनुसार आरनमा काम गर्ने श्रमिक, बाजा बजाउने, सडक मर्मत गर्ने, अति विपन्न कृषक श्रमिक, सीप र पेशा भएका तर विपन्न श्रमिक, श्रमिक दलित, एकल महिलाका लागि श्रमिक कल्याणकारी कोष स्थापना गर्ने कार्यक्रम ल्याएको हो ।

नगरपालिकाका प्रमुख पदमपाणी शर्माको योजना अनुरुप फलेवास नगरपालिकाले ‘ल्याएको श्रमिक कल्याणकारी कोष स्थापना कार्यक्रममा श्रमिकले प्रत्येक महिना पाँचसय रुपैयाँ जम्मा गर्नेछन् भने नगरपालिकाले थप पाँचसय रुपैयाँ जम्मा गर्ने छ ।

कुनैपनि श्रमिकले ६० बर्ष, वृद्धाअवस्थापछि आर्थिक समस्या भोग्न नपरोस् भन्ने उद्वेश्यले ऐन र कार्यविधि अनुसार ल्याएको श्रमिक कल्याणकारी कोष स्थापना योजनाका लागि नागरिक लगानी कोषसँग साझेदारी गर्ने र सो कोषमा जम्मा भएको रकम सम्बन्धित श्रमिकले पेन्सनको रुपमा ६इ बर्षपछि मात्र निकाल्न पाउने व्यवस्था गरिने फलेवास नगरपालिका राजश्व शाखाका अधिकृत रमेश शर्मा पौडेलको भनाई छ ।

नागरीक लगानी कोषिमा जम्मा हुने रकम बिचमा निकाल्न वा वितरण गर्न पाईने छैन् । कथमकदाति निजको मृत्यु भएमा वा भैपरी आएमा निजको हकवाला संरक्षकको सो रकममा हक कायम गर्ने गरी नै नीति निमय बनेको पौडेलले बताए ।

अति विपन्नलाई शौचालय
नगरपालिकाले गरीब तथा न्युन आयस्तर भएका परिवारलाई अधिल्लो आवको कार्यक्रम अनुसार शौचालय निर्माण गरेको छ । कुनै रोजगार नभएका र न्यून आयस्तर भएका विपन्न परिवारलाई १० हजार रुपैयाँ प्रदान गरी शौचालय बनाइदिएको छ भने चालु आर्थिक वर्ष २०७७(७८ मा नगरपालिकाका सबै वडाहरुमा शौचालय निर्माण गरेको हो ।

नगरपालिकाले ११ वडाका ५४ घरपरिवारमा पक्की शौचालय निर्माण गरेको शौचालय निर्माण अनुदान अभियानका संयोजक कमल घिमिरेले जानकारी दिए ।

टोल विकास संस्था, वडा कार्यालय र अनुगमन समितिको सिफारिस अनुसार अति विपन्नमा छनौट भएका विपन्न परिवारलाई दिइएको १० हजार रुपैयाँ अनुदानले शौचालय बनाउन पाउँदा खुसी लागेको अनुदान पाएर शौचालय निर्माण गरेकी फनपा–३ की कमला गिरीको भनाई छ ।