डा. केसी र सरकारबीच ८ बुँदे सहमति, अनशन तोड्दै

660
views

काठमााडौ, २५, असोज । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै २८ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । सहमति अनुसार डाक्टर केसीले आज साढे ९ बजे अनशन तोड्दै छन् ।

बुधबार सरकार र डाक्टर केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएको थियो । शनिबार सरकारी वार्ता टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।

डा. केसी ६ बुँदे माग राखेर भदौ २९ गते जुम्लाको एक धर्मशालाबाट १९ औं अनशन सुरु गरेका केसीलाई असोज ५ गते नेपालगञ्ज ल्याइएको थियो ।