विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख

40
views

एजेन्सी, २५, असोज । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भइसकेका छन् ।

अलिहेसम्म सबैभन्दा बढी अमेरिकामा ७९ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख १९ हजारको मृत्यु भएको छ । भारतमा ७० लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये एक लाख ८ हजारको मृत्यु भइसकेको छ ।

नेपालमा पनि संक्रमित संख्या एक लाख नाघिसकेको छ । एकै दिन हिजो ५ हजार संक्रमित थपिएका छन् । संक्रमणबाट मृतक संख्या ६ सय नाघेको छ ।