कोरोना संक्रमित रुपन्देहीका चार जनाको मृत्यु

427
views

बुटवल, २५, असोज । रुपन्देहीको बुटवलमा शनिबार राति कोरोना विशेष अस्पताल बुटवलमा उपचार गरिरहेका तीन जना र एकजना उपचारका लागि आउँदै गर्दा चारजना संक्रमितले ज्यान गुमाएका छन् ।

बुटवल ११ का ८४ वर्षीय पुरुषको रुपन्देहीका अस्पतालमा आईसीयू बेड खाली नभएपछि दाङ लैजाँदै गर्दा एकजनाको बाटोमा मृत्यु भएको हो ।

धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा सम्पर्कमा आएका ३ जनाको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । एक जनाको दाङको बेलझुण्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।