गोर्खा भर्ती सम्झौता खारेजीको माग,सरकारका नाउँमा कारण देखाउ आदेश

617
views

काठमाण्डौ, ६, असार । गोर्खा सैनिक भर्ती सम्झौता खारेजीको माग गर्दै परेको मुद्दामा सर्वोच्च अदालतले सरकारका नाउँमा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधिश ओमप्रकाश मिश्रको एकल इजलासले सोमबार ब्रिटिश गोर्खा भुतपूर्व सैनिक संघ (विगेसो) ले दायर गरेको रिटमा अग्राधिकार सहित कारण देखाउ आदेश जारी गरेको हो ।
बिगेसोका तर्फबाट सभापति पद्मसुन्दर लिम्बु र विदेश विभागका प्रमुख उत्तम प्रसाद राईले गत २६ जेठमा ‘ गोर्खा सैनिक भर्ति विभेदपूर्ण रहेको’ भन्दै सम्झौता खारेज गर्न मागसहित मुद्दा दायर गरेका थिए ।
नेपाल सरकार, भारतसरकार र बेलायत सरकारसँग गोर्खा भर्ती नेपालीको हितमा नरहेको, असमान र विभेदकारी रहेको भन्दै खारेजीको माग गर्दै आएको विगेसोले आफ्ना मागबारे राजनीतिक तहमा सुनुवाई नभएको भन्दै नेपाल सरकार र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाएर भर्ती सम्झौता खारेजीको माग गर्दै रिटदायर गरेको थियो ।