कर्णाली प्रदेश विवाद उत्कर्षमाः मुख्यमन्त्रीले हटाए मु्ख्य सचेतक

874
views

सुर्खेत, २६, असोज । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध आफ्नै दलका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दलका प्रमुख सचेतक गुलावजंग शाहलाई पदबाट हटाइदिएका छन् ।

संसदीय दलका नेतासमेत रहेका शाही विरुद्ध नेकपाका बहुमत सांसदहरुले मुख्यमन्त्रीविरुद्ध आइतवार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

गुलावजंग शाहलाई सचेतकबाट हटाउँदै सिताकुमारी नेपालीलाई प्रमुख सचेतकमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको पत्रका उल्लेख गरिएको छ ।

पूर्वएमालेबाट निर्वाचित हुन भने नेपाली पूर्वमाओवादीबाट निर्वाचित भएकी हुन् । योसँगै कर्णालीमा नेकपा संसदीय दलभित्रको विवाद उत्कर्षमा पुगेको छ ।