पूर्वमन्त्री ढुंगेलको निधन

584
views

काठमाण्डौ, ६, असार । पुर्वमन्त्री एवं राप्रपा नेता ईन्द्रप्रसाद ढुंगेलको निधन भएको छ । ढुंगेलको चावहिलस्थित ओम हस्पिटलमा गएराति निधन भएको हो । रामेछापका ढुंगेल तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीमण्डलमा विज्ञान प्रविधि राज्यमन्त्री हुनुभएको थियो । लामो समयदेखि क्यान्सरपीडित रहनुभएका ढुंगेलको निधनले देश र जनताका लागि अपुरणीय क्षति पुगेको राप्रपाका अध्यक्ष कमलथापाले सामाजिक सञ्जाल मार्फत बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेर सुर्यबहादुर थापा निकट रहनुभएका ढुंगेल राजनीतिमा सक्रिय, हक्की स्वभाव र अविचलित राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । पुर्वीय दर्शन तथा आध्यात्मिक ज्ञानमा उहाँको निखरता थियो । ढुंगेल २०६४ सालमा रामेछापबाट चुनाव लड्नुभएको थियो ।