जलजला गाउँपालिका अध्यक्षलाई कोरोना संक्रमण

844
views

पर्वत , २७, असोज । पर्वतको जलजला गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्ललाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा अध्यक्ष मल्ललाई संक्रमण पुष्टि भएको हो ।

अध्यक्ष मल्लको पोखराको चरक अस्तपालमा रहेको आइसोलेनसनमा उपचार भैरहेको छ । स्वास्थ्य अबस्थामा सामान्य रहेको बताइएको छ ।

जलजला गाउँपालिकामा शनिबार अध्यक्ष मल्ल सहित सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको समेत कोरोना परिक्षण गरिएको थियो । परिक्षणका क्रममा थप एक प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।

उनी पनि बिदामा घर आएको बताइएको छ । गाउँपालिकाले शनिबार जनप्रतिनिधी , स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, गरि ४४ जनाको श्वाब संकलन गरेको थियो ।