कोरोनाका कारण बाग्लुङका एक पुरुषको मृत्यु

1106
views

सीताराम थापा
बाग्लुङ, २८, असोज । गण्डकी प्रदेशको बागलुङ जिल्लामा कोरोना संक्रमणका कारण बागलुङ नगरपालिका बागलुङ बजारका एकजना पुरूषको पोखरामा मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–३ का ७७ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण बुधबार चरक मेमोरियल अस्पताल पोखरामा निधन भएको जनाईएको छ । यो सँगै बागलुङमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या दुई पुगेको हो ।

उच्च रक्तचाप र मुटुको समस्या रहेका उहाँलाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि पोखरा लगिएको थियो । उहाँको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी जानकारी दिएको छ । उहाँले विगत लामो समयदेखि बानपा ३ मा किराना व्यवसाय सञ्चालन गर्दै आउनुभएको थियो ।

उहाँको कुनै यात्रा विवरण छैन । यस सँगै गण्डकी प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।