कोरोनाले थप १२ जनाको मृत्यु, ३१६७ संक्रमित थपिए

432
views

काठमाडों, १, कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १८०० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ ।