घर–घरमा जमरा राखियो

450
views

पर्वत, १, कार्तिक । घटस्थापनाको अवसरमा आज घर–घरमा जमरा राखिएको छ । विजयादशमीको लागि विहान ११ बजेर ४६ मिनेटको शुभसाइतमा जमरा राखिएको हो ।

कोरोनाका कारण यो वर्ष केही समस्या हुनेभएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दशैं मनाउन जमरा राखिएको हो । वैदिक विधिअनुसार जमरा राखी दुर्गा देवीको पूजा आराधना शुरु भएको छ । आजैदेखि दशैँ घरमा शक्तिकी देवी नवदुर्गाको पूजा आरम्भ हुन्छ ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।