पूर्वमन्त्री डा. यादवको ८६ बर्षमा निधन

439
views

राजविराज, २, कार्तिक । पूर्व मन्त्री डा. डम्बरनारायण यादवको ८६ बर्षको उमेरमा निधन भएको छ ।

सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहा निवासी यादवको विराटनगरस्थित बिराट नर्सिङ्ग होममा उपचारको क्रममा निधन भएको उनका परिवारले जानकारी दिएका छन् ।

चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि उनलाई विराटनगरस्थित नर्सिङ्ग होममा भर्ना गरिएको थियाmे । काठमाडौंमा बसोबास गर्दै आएका यादव एक महिना अघि सप्तरीस्थित घरमा बस्दै आएका थिए । ब्रेन हेम्ब्रेजका कारण उनको निधन भएको हो ।