पत्रकार लामिछानेलाई पर्यटन पत्रकारीता पुरस्कार

1555
views

पोखरा, २, कार्तिक । पत्रकार विनोद लामिछाने पर्यटन पत्रकारिता पुरस्कार–२०७७ द्वारा सम्मानित भएका छन् । रेष्टुरेण्ट एण्ड बार एशोसिएसनले हरेक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारद्वारा यसपटक लामिछाने पुरस्कृत भएका हुन् । पुरस्कारको राशि नगद रु २५ हजार सहित सम्मान–पत्र रहेको छ ।

पत्रकारिताको मार्फतबाट पोखराको पर्यटन प्रवद्र्धन एवं विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै लामिछानेलाई सम्मान गरिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले रेवान पोखराको २६ औं वार्षिक साधारण सभा एवं १४ औं अधिवेशनका अवसरमा आयोजित एक कार्यक्रमका लामिछानेलाई सम्मान गर्नुभयो ।

विगत दुई दशकदेखि पत्रकारिताको क्षेत्रमा क्रियाशिल लामिछाने हाल आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक हुन् । उनी पोखराकै रेडियो बाराही र पोखरा टेलिभिजनमा पनि आवद्ध छन् ।