पर्वतमा कोरोना संक्रमित महिलाको मृत्यु

943
views

पर्वत, ३, असोज । पर्वतमा पहिलोपटक कोरोना संक्रमित एकजना महिलाको मृत्यु भएको छ । कुस्मा नगरपालिका वडा नं–५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो ।

उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो ।

अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान मात्रै घर पठाएको थियो । मृतकको शब ब्यबस्थापनका लागि आज विहान डिसीसिएमसीको बैठक बोलाइएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।

अस्पतालमा गम्भीर अबस्थामा रहेकी संक्रमित महिलालाई होम आइसोलेसनमा पठाइएका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

मृत्युको आधिकारीक रुपमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भने जानकारी गराइसकेको छैन ।