विश्वभर ४ करोड नाघ्यो कोरोना संक्रमितको संख्या

436
views

काठमाडौं, ३, कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ४ करोड नाघेको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको कुल संख्या ४ करोड २ लाख ७८ हजार दुई सय पुगेको हो ।

संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख १८ हजार नाघेको छ । विश्वभर दैनिक तीन लाखका दरले संक्रमित संख्या बढिरहेको छ ।

पछिल्लो तथ्यांक अनुसार हालसम्म ३ करोड एक लाख संक्रमण मुक्त भएका छन् । ९० लाख सक्रिय संक्रमित संख्या छ ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८३ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २४ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ७५ लाख संक्रमितमध्ये एक लाख १४ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५२ लाख संक्रमित संख्या मध्ये एक लाख ५३ हजारको मृत्यु भएको छ ।