प्रदेश २: सांसदलाई भर्चुअल बैठकको भत्ता

584
views

जनकपुरधाम, ३, कार्तिक ३ । प्रदेश २ मा प्रदेशसभा सांसदहरूले सदनको बैठकमा भर्चुअल सहभागिता जनाएर भत्ता बुझेका छन् ।

कोभिड—१९ को महामारीले जनता गरिबी र भोकमरीमा परेका बेला प्रदेशसभाका सांसदहरुले घरमै बसेर बैठकमा सहभागिता जनाउँदा पनि भत्ता बुझेका हुन् ।

सूचना प्रविधिमार्फत संसद् बैठकमा सहभागिता जनाएका प्रतिसांसदलाई प्रतिबैठक १ हजार भत्ता उपलब्ध गराइएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत नवीन मिश्रले जानकारी गराए ।

‘भर्चुअल मिटिङमा बसेका सांसदज्यूहरूलाई प्रदेशसभा बैठकमा झैं भत्ता उपलब्ध गराएका छौं तर उहाँहरूलाई सवारी भत्ता बापतको पाँच सय दिएका छैनौं’, मिश्रले भने ।