कोरोना संक्रमित मृतक महिलाको शव व्यवस्थापन

908
views

पर्वत, ३, कार्तिक । पर्वतकी कोरोना संक्रमित महिलाको शव व्यवस्थापन गरिएको छ । मृतक महिलाको शवलाई नेपाली सेनाको केवल जंग गुल्मले व्यवस्थापन अन्त्येष्टि गरेको हो ।

महिलाको शव कुश्माबजार नजिकै जिल्ला कारगार भन्दा तल मोदीखोलाको किनारमा गरिने सिसीएमसी पर्वतको निर्णय अनुसार अन्त्येष्टि गरिएको छ ।

पुरानो घर बागलुङ नगरपालिका वडा नं. १३ की ४८ वर्षीया ति महिला कुश्मा नगरपालिका– वडा नं ५ मा रहेको घरमा थिईन् । लामो समयदेखि दीर्घ रोगी रहेकी उनमा मधुमेह लगायत समस्या थियो ।

बिरामी परिपछि उपचारका लागि गत असोज २९ मा उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेकी र उनमा कोरोनाको लक्षण समेत देखिएपछि अस्पतालले पीसीआर गरेको थियो ।

ति महिलाको कोरोना परीक्षणका क्रममा कात्तिक २ गते रिपोर्ट पोजिटिभ आएको थियो । रिर्पोट पोजेटिभ आएकी उनी आईतबार अस्पतालबाट होम आइसोलेसनमा बस्ने गरी घरमा आएकी थिर्ईन् । आईसोलेसनमा रहेको केही घण्टामा नै उनको मृत्यु भएको थियो ।