विश्वभर कोरोनाले ११ लाख २२ हजारको मृत्यु

502
views

काठमाडौं, ४, कात्तिक । विश्वभर कोरोना भाइरस कोभिड–१९ बाट ११ लाख २२ हजार बढीको ज्यान गएको छ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ४ करोड ६ लाख नाघेको छ ।

विश्वभर दैनिक तीन लाखका दरले संक्रमित संख्या बढिरहेको छ । पछिल्लो तथ्यांक अनुसार हालसम्म तीन करोड तीन लाख संक्रमण मुक्त भएका छन् । ९१ लाख संक्रमित छन् ।

विश्वमा सबैभन्दा बढी अमेरिकामा ८४ लाख संक्रमित भएका छन् । जसमध्ये २ लाख २५ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ७५ लाख संक्रमितमध्ये एकलाख १५ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ५२ लाख संक्रमित संख्या मध्ये एक लाख ५४ हजारको मृत्यु भएको छ ।