५७४३ कोरोना संक्रमित थपिंदा २६ जनाको मृत्यु

324
views

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७ सय ४३ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

योसँगै संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४ सय ७६ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको मन्त्रालयले बताएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २९९६ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ ।