कुर्घाका पहिरोपिडितलाई आर्थिक र त्रिपाल सहयोग

389
views

पर्वत, ६, असोज । भदौ अन्तिम साता परेको बर्षाले क्षत्विक्षत बनाएको पर्वत कुर्घाका ६ घर परिवारका बाढी पहिरो पीडितले आर्थिक सहयोग पाएका छन् । नेपाली काँग्रेस पर्वतले बाढि पहिरो पीडितलाई सहयोग गरेको हो ।

काँग्रेसले फलेवास नगरपालिका–१० कुर्घाका ६ घर परिवारलाई आर्थिक सहायता उपलव्ध गराउनुका साथै त्रिपाल वितरण गरेको हो । बाढि पहिरो पीडित धनप्रसाद शर्मा र गिता शर्मालाई नगद सहयोग गरिएको छ भने भवानीप्रसाद शर्मा, अस्मीता क्षेत्री, देववहादुर क्षेत्री र श्याम बहादुर नेपालीलाई त्रिपाल सहयोग गरेको जनाएको छ ।

नेपाली काँग्रेस वडा कार्य समिति कुर्घाले आयोजना गरेको राहात वितरण तथा शुभकामना आदानप्रदान कार्यक्रममा पीडितहरुलाई राहात उपलव्ध गराईएको हो ।

सो कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले काँग्रेस जनताको पार्टी भएको बताउनु भयो ।