बिहादी गाउँपालिका–२ को ‘दोहोर्याई मतगणना गरीपाऊँ’ मुद्दाको सुनुवाई यहि असार ११ गते

698
views

बाग्लुङ, ६, असार । पर्वतको विहादी गाउँपालिका वडा नं २ को ‘दोहोर्याई मतगणना गरी पाऊँ’ भनि उच्च अदालत पोखरा, बाग्लुङ ईजलाश बाग्लुङमा परेको मुद्दाको सुनुवाईका लागि यहि असार ११ गते पेशी तारेख ताकिएको छ ।
विहादी गाउँपालिका वडा नं २ बाट उठेका अध्यक्षका उम्मेदवार गोविन्द प्रसाद पाध्याले आम्वारी मतदान केन्द्र (क) र (ख) को अध्यक्षको लागि दोहोर्याई मतगणना गरीपाऊँ भनि मुद्दा दायर गर्नुभएको थियो ।

उक्त मुद्दामा निर्वाचन कार्यालय विहादी, सोही मतदान केन्द्रका निर्वाचन अधिकृत मोतिराम सापकोटा र विजयी घोषणा गरिएका अध्यक्ष ओम प्रसाद कुँवरलाई विपक्षी बनाई मुद्दा दायर भएको थियो ।

उच्च अदालत पोखरा बाग्लुङ ईजलाश बाग्लुङमा परेको उक्त मुद्दाको प्रतिउत्तर पत्र समेत दर्ता भएको थियोे । उक्त मुद्दाको माग सुनुवाईका लागि यहि असार ११ गतेका दिन पेशी तारेख तोकिएको उच्च अदालत पोखरा–बाग्लुङ ईजलाश बाग्लुङका निमत्ति रजिष्टार पुष्पराज दाहालले बताउनुभयो ।

विहादी गाउँपालिका वडा नं २ बाट काँग्रेसको तर्फबाट उठेका अध्यक्षका उम्मेदवार गोविन्द प्रसाद पाध्या एमालेको तर्फबाट अध्यक्ष पदमा उठेका ओमप्रसाद कुँवरसँग पराजित हुनुभएको थियो । निर्वाचन सम्बन्धी केन्द्र र प्रदेशका मुद्दामा सर्वोच्च अदालत तथा स्थानीय र अन्य मुद्दा उच्च अदालतले हेर्ने निर्वाचन सम्बन्धी ऐन २०७३ ले व्यवस्था गरेको छ ।