पर्वतमा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

179
views

पर्वत, १३, कार्तिक । पर्वतमा कोरोना संक्रमित एकजना ५४ बर्षिय पुरुषको मृत्यु भएको छ । पर्वत कुस्मा नगरपालिका वडा नं–६ मा होटल व्यवसाय गर्ने ति पुरुषको बुधकार मृत्यु भएको हो ।

चरक मेमोरियल अस्पताल, पोखरा लगिएको र आईसियुमा उपचारका क्रममा ती पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

शुरुमा पर्वत जिल्ला अस्पतालमा उपचारका लागि आएका उनलाई निमोनियाको समस्या देखिएपछि थप उपचारका लागि पोखरा रिफर गरिएको डा. शिशिर देवकोटाले जनाएका छन् ।

ति पुरुषमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई पर्वत जिल्ला अस्पतालले पोखरा रिफर गरेको थियो । परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । उनमा निमोनिया, हाइपरटेन्सन र श्वासप्रश्वास सम्बन्धी समस्या रहेको क्षेत्रिय स्वास्थ्य निर्देशक बिनोदबिन्दु शर्माले जानकारी दिएका

योसंगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ ।