आवधिक चुनावको आवश्यकता–सांसद छन्त्याल

668
views

सचिन्द्र श्रेष्ठ
बाग्लुङ, ६, असार । माननीय सांसद ज्ञान कुमारी छन्त्यालले दोस्रो संविधान सभाको चुनावपछि जनताको अधिकार सुनिश्चित गर्दै मुलुक नयाँ संविधान कार्यान्वयनको दिशामा बढेको बताउनुभएको छ । उहाँले बाग्लुङ निसिखोलामा आयोजित महिलाको न्यायमा पहुँच र आयआर्जन क्षमता विकास तालिमको उद्घाटन गर्दै यस्तो बताउनुभएको हो ।
छन्त्यालले संविधानको कार्यन्वयन गरी जनताको अधिकार सुनिश्चित गर्न महिला दलित अल्पसंख्यकको आरक्षण सहित न्याय दिलाउन आवधिक चुनाव गराउने समेत बताउनुभयो ।
कार्यक्रममा सत्कर्म नेपालका कार्यकारी प्रमुख एवं मानव अधिकारवादी नेता सिताराम थापाले नेपालका महिलाहरु सदियौ बर्ष देखि पितृसत्ताको जाँतोमां पिल्सिनुपर्ने बाद्यतासँगै नेपाली नारीहरुको न्याय र उन्मुक्तिका लागि महिलाहरुको क्षमता विकास गरि न्याय सुनिश्चित प्रकृया अघि बढाउन आधुनिक खेती गरि अर्थाेपार्जन अभियानको दिशामा अगाडी बढेको बताउनुभयो ।
आमा मिलन केन्द्र, सत्कर्म नेपाल, महिला मानवअधिकार रक्षक सञ्जाल बाग्लुङको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा निसिखोला गाउँपालिका–५ र ६ भल्कोटका ७५ महिलाहरुको सहभागिता रहेको थियो ।