कोरोनाबाट ११ लाख ९३ हजारले ज्यान गुमाए

467
views

पर्वत, १५ कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ११ लाख ९३ हजारले ज्यान गुमाएका छन् । कुल संक्रमितको संख्या ४ करोड ५८ लाख नाघ्दा ११ लाख ९३ हजार १०० ले जयान गुमाएको पछिल्लो तथ्याँकले देखाएको छ । संक्रमित ३ करोड ३२ लाख संक्रमणमुक्त भएका छन् ।

अमेरिकामा सबैभन्दा बढी ९३ लाख संक्रमित संख्या नाघेको छ । जसमध्ये २ लाख ३५ हजारको मृत्यु भएको छ ।

भारतमा ८१ लाख संक्रमितमध्ये एक लाख २१ हजारको मृत्यु भएको छ । ब्राजिलमा ५५ लाख संक्रमितमध्ये एक लाख ५९ हजारको मृत्यु भएको छ ।

नेपालमा एक लाख ६८ हजार २ सय ३५ संक्रमित संख्या पुगेको छ । जसमध्ये ९ सय २० जना को मृत्यु भएको छ । एक लाख २८ हजार ९ सय ५८ लाई निको भएको छ ।