कोरोनाले नवलपरासी पूर्वमा २ जनाको मृत्यु, परिवारले नै दाहसंस्कार गर्ने

738
views

नवलपरासी, १५, कार्तिक । पूर्वी नवलपरासीमा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ ।

कावासोती नगरपालिका–६ का ६७ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका–२ कि ७७ वर्षीया महिलाको होम आइसोलेसनमा शनिबार मृत्यु भएको हो ।

त्यसैगरी उनीहरुको सुरक्षा निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानीमा घर परिवारले नै दाहसंस्कार गर्ने जनाइएको छ । उनीहरु दुवै जनाको उपचार हुन नसकेर मृत्यु भएको हो ।