कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर गर्दै मुख्यमन्त्री

727
views

काठमाडौं, १६, कार्तिक । कर्णाली प्रदेशमा मन्त्रीमण्डल हेरफेरको तयारी गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिमण्डल हेरफेरको तयारी गरेका हुन् । उनी विरुद्ध अविश्वासको प्रस्तावसम्म दर्ता भएको थियो ।

आँफु अविस्वास प्रस्ताव ल्याउन सहयोग गर्ने नेकपा अध्यक्ष केपी ओली निकट मन्त्रीलाई हटाएर उनले माधव नेपाल निकटलाई मन्त्री बनाउन लागेका हुन् ।

सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाएर उनले चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापालाई जिम्मेवारी दिने तयारी गरेका हुन् ।

यसअघि मुख्यमन्त्री शाही विरुद्ध अविश्वासको प्रस्ताव ल्याइएपनि असफल भएको थियो । मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालविच विवाद बढेको छ ।