कोरोना संक्रमित सशस्त्र प्रहरीका सईको मृत्यु

412
views

अर्घाखाँची । कोरोना भाइरस संक्रमित सशस्त्र प्रहरीका सईको मृत्यु भएको छ । काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार क्रममा शनिबार उनको मृत्यु भएको हो ।

सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले अस्पतालको वार्डमा उपचाररत ४२ वर्षीय नगेन्द्र खड्काको मृत्यु भएको जानकारी दिए ।

निमोनिया र दम पीडित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि लुम्बिनी अस्पतालबाट असोज २० गते सशस्त्र प्रहरी अस्पताल बलम्बु लगिएको थियो ।

पुर्ख्यौली घर दैलेख घर भएका उनी हाल सुर्खेत बस्दै आएका थिए। अर्घाखाँची सन्धिखर्क गुल्ममा २६ महिनादेखि उनी कार्यरत थिए ।