धरौटी शुल्क नलिइ उपचार गर्न निर्देशन

419
views

काठमाडौ, १७, कार्तिक । सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिइ उपचार गर्न सरकारले निर्देशन दिएको छ । सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना प्रकाशन गरी धरौटी रकम माग गरेपछि सरकारले यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटीका लागि सूचना प्रकाशन गर्ने अस्पतालहरुलाई स्पष्टिकरण समेत सोधिएको बताएका छन् ।

सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन र नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।