पश्चिम बंगाल सरकारको दमनमा क्रान्तिकारी माओवादीको विरोध

522
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका उत्पीडित नेपाली भाषाभाषीमाथि गरिएको दमनको कडा विरोध एवं भत्र्सना गरेको छ । यहाँका जनताले गोर्खाल्याण्डको माग राखी गरेको आन्दोलनमाथि पश्चिम बंगाल सरकारले गरेको दमन र आन्दोलनकारीको गोली हानी गरेको हत्याको तीव्र विरोध एवम् भत्र्सना गरेको हो । क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य‘किरण’ प्रेस वक्तव्य जारी गर्दै विरोध एवं भत्र्सना गरेका हुन ।
वक्तव्यमा “पाठ्यपुस्तकहरुमा बंगाली भाषालाई अनिवार्य बनाइएकोमा त्यसको विरोध गर्दै गोर्खाल्याण्डको माग समेतलाई जोड्दै जनताद्वारा अगाडि बढाएको शान्तिपूर्ण आन्दोलनमाथि पश्चिम बंगाल सरकारले निर्मम दमन तथा धरपकड गरी आन्दोलनकारीहरुलाई यातना दिने, गोली हान्ने गरिएको छ । हाम्रो पार्टी आन्दोलनकारी जनतामाथि गरिएको निर्मम दमनको तीब्र भर्सना गर्दछ ।”
उक्त वक्तव्यमा दार्जिलिङ्ग क्षेत्रमा नेपालीभाषी भारतीय जनताले आन्दोलनका क्रममा राख्दै आएका जायज मागहरुको अविलम्ब संम्बोधन गर्न र आन्दोलनमा सहादत प्राप्त जनताका छोराछोरीहरुलाई सहिद घोषणा गरी क्षतिपूर्ति दिन भारतको पश्चिम बंगाल सरकारसित आग्रह गरिएको छ ।