राष्ट्रिय सङ्गीतकर्मी संघ कास्कीको प्रथम साधारण सभा सम्पन्न

608
views

पोखरा । राष्ट्रिय सङ्गीतकर्मी संघ नेपाल जिल्ला शाखा कास्कीको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय संगीतकर्मी संघ नेपालका केन्द्रिय सदस्य सन्तोष अधिकारीले उद्घाटन गर्दै कलाकारहरूको हक हितका लागि अगाडि बढ्न कास्की शाखा तत्पर रहिरहेको र भावी दिनमा पनि अझ बढी सक्रिय हुने विश्वास व्यक्त गरे ।

साधारण सभाले विभिन्न पदहरुमा पदाधिकारीहरुको जिम्मेवारी हेरफेर गर्दै संस्थाको उपाध्यक्षमा सागर कार्की, सहसचिवमा राजन सुवेदी र सहकोषाध्यक्षमा रिजन वस्ताकोटीलाई चयन गरेको छ ।

त्यसै गरी संगठन विभाग प्रमुखमा इश्वरराज भण्डारी, अतिरिक्त क्रियाकलाप तथा साँस्कृतिक विभाग प्रमुखमा प्रकाश सापकोटा र प्रचारप्रसार एवं संघसंस्था समन्वय प्रमुखमा ऋषिराम वास्तोला (बाबुराम) लाई चयन गरेको छ ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका महासचिव कृष्ण प्रसाद गौतम, कास्की जिल्ला सल्लाहकार कृष्ण रानाभाट, स्याङजा जिल्ला अध्यक्ष पुर्ण वाग्ले इतिहास लगाएतले शुभकामना व्यक्त गरेका थिए ।

साधारण सभाले कास्की जिल्ला अध्यक्ष ऋषिराम दाहालले प्रस्तुत गरेको आर्थिक एवम् साँगठनिक प्रगति तथा भावी योजनाहरुको सर्वसम्मत पारित गरेको थियो ।

आउँदो शनिबार पोखराको चिप्लेढुङ्गा स्थित मानव अधिकार चोकमा आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न प्रकाश सापकोटाको संयोजकत्वमा इश्वरराज भण्डारी, कपिल श्रेष्ठ, सपना सुनार, रिजन वस्ताकोटी सदस्य रहने एक आयोजक समिति गठन गरिएको प्रचारप्रसार विभाग प्रमुख ऋषिराम बाँस्तोलाले जानकारी दिए ।

संघका कास्की जिल्ला अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठले र संचालन सदस्य सागर कार्कीले गरेका थिए ।