बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित ‘एमबीई’ सम्मान पूर्वगोर्खा सैनिक गुरुङलाई

692
views

काठमाडौँ । सहारा यूकेका पूर्वअध्यक्ष दिलीप गुरुङले बेलायती महारानीबाट प्रदान गरिने प्रतिष्ठित ‘एमबीई’ सम्मान प्राप्त गरेका छन्।

परोपकारी कार्यमा विशिष्ट योगदान गर्नेलाई दिइने मेम्बर अफ द अर्डर अफ द ब्रिटिस एम्पायर (एमबीई) पूर्वगोर्खा सैनिक गुरुङलाई मिलेको हो।

उनले १५ वर्षदेखि बेलायतको ब्ल्याकपुलमा होटेल तथा रेस्टुरेन्ट व्यवसाय गर्दै आएका छन्। आफूलाई एमबीई प्रदान गरिने खबर शुक्रबार समाचारमा आएपछि थाहा पाएको गुरुङले सुनाए। ‘मैले होटेल सुरु गर्ने बेलासम्म आसपासको क्षेत्र लागूपदार्थ दुव्र्यसनीको ठूलो अखडा रहेछ। प्रयोग गर्नेहरु मात्र नभएर व्यापार गर्नेहरूको पनि केन्द्र’, उनले भने, ‘यस क्षेत्रलाई लागूपदार्थ दुव्र्यसनीहरुबाट मुक्त गर्नुपर्छ भनेर मैले धेरै प्रयास गरें।

स्थानीय प्रशासन र काउन्सिलरहरुले पनि ठूलो सहयोग गरे। अन्ततः सफल पनि भयौं। अन्य सामाजिक कार्यसंगै यही कामको पनि मूल्यांकन भएको हो कि जस्तो लाग्छ।’ उनी स्याङजाको ओरस्टेमा जन्मिएका हुन्। शुक्रबार घोषणा भएको यो सम्मान बकिङहम प्यालेसस्थित बेलायती राजदरबारमा आयोजना हुने विशेष समारोहमा महारानीबाट प्रदान गरिनेछ।