धादिङबेसि ससाहा नजिकै जिप दुर्घटना ५ जना घाइते

1138
views

धादिङ । धादिङबेसि मलेखु सडक खण्डको ससाहा नजिकै मंगलबार स्कार्पियो जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन्।

धादिङको सदरमुकाम धादिङवेशींबाट काठमाडौंतर्फ जाँदै गरेको बा १५ च ३५०४ नम्बरको स्कार्पियो जिप मंगलबार बिहान ८ बजे तिर धादिङ मलेखु सडक खण्डको ससाहा नजिकै जङ्गलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

उक्त दुर्घटनामा परी ५ मुक्तिनाथ विकास बैकका क्षेत्रीय प्रबन्धक सुरेन्द्र कुमार श्रेष्ठ, धादिङ शाखा प्रबन्धक बिनोद खतिवडा सहित ५जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रबक्ता डिएसपि लोकनाथ तिम्सिनाले जानकारी दिए।

घाक्ष्तेहरुको अवस्था गम्भीर भएकोले धादिङ अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाईएको छ।

घाइतेहरुको काठमाण्डौको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।