कृषि र पर्यटनमुखी व्यवसायमा केन्द्रित हुन सुझाव

447
views

शिशिर पौडेल
पोखरा १८ कार्तिक । गण्डकी प्रदेशको सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले पोखरा १९ मा निर्मार्णाधिन अमला–विसौंनी–घार्मी–आलेवारी–अम्वरेश्वर ग्रामिण सडकको अनुगमन गर्नुभएको छ ।

उक्त सडकलाई राष्ट्रिय योजनामा पार्न महत्वपुर्ण भुमिका खेल्नुभएका सभापति खड्काले निर्मार्णाधिन कालोपत्रे सडकको अनुगमन गर्दै, सडकलाई टिकाउ वनाउन पानीको उचित निकास र पहिरो सम्भावित क्षेत्रमा मजवुत वाल लगाउन सुझाव दिनुभयो ।

सो अवसरमा खड्काले सडक निर्माणपछि ग्रामिण क्षेत्रमै रोजगारी सिर्जना हुने र यसले यहाँका सर्वसाधारणको जीवनस्तरमा परिवर्तन आउने वताउनुभयो । युवाहरुलाई ग्रामिण उद्यमशीलतामा जोड दिनुपर्ने भन्दै खड्काले घार्मी पर्यटकीय क्षेत्र भएकाले कृषि उत्पादन सहित पर्यटन केन्द्रित व्यवसाय गर्न सुझाव दिनुभयो ।

अनुगमनका क्रममा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले स्थानिय सरकार र उपभोक्ता समितिको निरन्तर पहलले सडक निर्माणले गति लिएको वताउनुभयो ।

पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जिएसआर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो । चैतमा नै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ काम गरेको कम्पनीले लक डाउनका कारण ६ महिनापछि आएर मात्र काम शुरु गरेको जनाईएको छ ।

भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने कालोपत्रे गर्ने कार्य शुरु गरेको छ ।