सुनसरीमा दुई र चितवनमा एक जना, गरी तीन कोरोना संक्रमितको मृत्यु

341
views

काठमाडौं । सुनसरीमा दुई र चितवनमा एक जना, गरी तीन कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिकाकी ३९ वर्षीय महिला,धरान उपमहानगरपालिकाका १ की ६१ वर्षीय महिला र इटहरी उपमहानगरपालिका ६ की ९ वर्षीय बालिकाको मृत्यु भएको छ।

चितवनकी मृतक महिलामा १७ गते कोभिड पुष्टि भएको थियो। स्वास्थ्यमा गम्भीर समस्या भएपछि भेन्टीलेटरमा राखी उपचार गरिएको थियो।

मृतकमा दीर्घ रोग रहेको थियो। उनको आज बिहान ६ बजेर ५० मिनेट जाँदा मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ। यो सँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ।

धरान उपमहानगरपालिका १ की महिलामा ३० गते कोरोना पुष्टि भएको थियो। कोभिड अस्पतालमा ५ गते भर्ना भएकी थिइन्। उनी बिपी प्रतिष्ठानमा प्रतिष्ठानमा उपचाररत थिइन्। दीर्घ रोग उच्च रक्तचाप थियो उनमा। उनको आज बिहान ३ बजेर ५० मिनेट जाँदा मृत्यु भएको हो।

त्यसैगरी, इटहरी उपमहानगरपालिकाकी ९ वर्षीय बालिकाको पनि आज साढे ३ बजे मृत्यु भएको हो। उनलाई १७ गते कोरोना पुष्टि भएको थियो र १८ प्रतिष्ठानको कोभिड अस्पतालमा १८ गते भर्ना भएकी थिइन्। दीर्घ रोग भएकोले प्रतिष्ठानमा उपचाररत थिइन्।

यो सँगै बिपी प्रतिष्ठानमा कोभिड संक्रमणको कारणले मृत्यु हुनेको संख्या ८८ पुगेको र सुनसरीमा भने कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ।