अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेन जित नजिक

600
views

एजेन्सी, २०, कार्तिक । अमेरिकामा राष्ट्रपतीय चुनावको मतगणना जारी छ । हालसम्मको स्थितिमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले प्रतिद्वन्दी डोनाल्ड ट्रम्पभन्दा उलेख्य अग्रता लिएका छन् ।

बाइडेनले आफ्नो जित सुनिश्चित हुदै गएको बताएका छन् । तर बाइडेनको सम्भावना बढ्दै गएको देखिएको अवस्थामा राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिदा बाइडेनले २४३ इलेक्टरल मत प्राप्त गरेका छन् भने ट्रम्पले कुल २१४ इलेक्टरल मत पाएका छन् ।