अमेरिकी राष्ट्रपति चुनाव : बाइडेन विजयी हुने बलियो सम्भावना, डेमोक्रेटहरुले धाँधली गरेको आरोप

496
views

एजेन्सी, २१, कार्तिक । अमेरिकी राष्ट्रपतिय चुनावान बाइडेन विजयी हुने सम्भावना बलिाये बन्दै गएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई निर्वाचित हुन नदिनका लागि डेमोक्रेटहरुले चुनावमा धाँधली गरेकोे आरोप लगाएका छन् । ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा उनले वैध मतका आधारमा आफू विजयी भएको दाबी गरेका हुन् ।

उनले कुनै पनि प्रमाण विना चुनावमा धाँधलीको आरोप लगाएका हुन् । उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् । डेमोक्रेटहरुले आफूबाट पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर लगेको आरोप लगाए । उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए ।

कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए । उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् ।

निर्णायक राज्यहरुमा अहिले मतगणना भइरहेको छ र ती राज्यमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना हुन बाँकी छ । हाल जर्जिया, पेन्सिलभेनिया र नर्थ क्यारोलाइना तथा अलास्कामा ट्रम्प अघि रहेका छन् ।

अलास्का ट्रम्पले जित्ने लगभग पक्का भए पनि जर्जिया र पेन्सिलभेनियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिएका छन् । एरिजोना र नेभाडा राज्यमा जो बाइडेन अघि रहेका छन् ।

सम्बोधनको क्रममा ट्रम्पले ती राज्यमा मतगणना जारी रहनु पर्ने बताए । तर आफ्नो अग्रता कम हुँदै गएका जर्जिया तथा पेन्सिलभेनियामा मतगणना हुन नहुने बताए । डेमोक्रेटिक उम्मेदवार बाइडेनले भने हरेक मत गणना हुनु पर्ने र जनताको आवाज सुनिनु पर्ने बताउँदै आएका छन् ।

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् । अहिलेसम्म बाइडेनको पक्षमा २६४ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ ।