प्रधानमन्त्री ओली र भारतीय सेनाप्रमुखबीच भेट

548
views

काठमाडौं, २१ , कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

तीन दिने भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्रीसँग भेटेका हुन् । प्रधानमन्त्रीसँगको भेटमा सिमा विवाद लगायतका विषयमा छलफल हुनेसक्ने अनुमान गरिएको छ ।

भारतीय सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो । उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए ।

दुई सेना प्रमुखको भेटवार्तामा दुई सेनाबीचको घनिष्ठ सम्बन्धलाई कायम राख्दै द्धिपक्षीय रक्षा सहकार्य विस्तारमा जोड दिइएको छ ।